
३० वैशाख, काठमाडौं । लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् ।
लैनचौरस्थित भारतीय दूतावासअगाडि मंगलबार बिहान प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको मानव अधिकार तथा शान्ति समाजका एक अभियन्ताले जानकारी दिए ।
प्रदर्शनमा उत्रिएकाहरूले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’, ‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर भारतीय रवैयाविरुद्ध प्रदर्शन गरेका थिए ।
भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि यसको आलोचना भइरहेको छ । यसको विरोधमा केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा प्रदर्शन भइरहेका छन् ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4