Comments Add Comment

चीनमा कोरोना भाइरसको दोस्रो लहर फैलिने चिन्ता

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) लाई नियन्त्रणमा लिन सफल चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने चिन्ता सुरु भएको छ। कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनमा मंगलबार एकजना संक्रमित फेला परेका छन्।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार मंगलबार भेटिएका एक संक्रमित इनर मंगोलिया क्षेत्रमा फेला परेका हुन्। यसअघि सोमबार चीनमा १७ नयाँ संक्रमित फेला परेका छन् ।

सोमबार चीनमा भेटिएका नयाँ संक्रमितमध्ये पाँचजना वुहानमा भेटिएका थिए । यससँगै चीनको वुहान सहरबाटै संक्रमणको दोस्रो लहर फैलिन सक्ने चिन्ता बढेको हो।

चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण ८२ हजार नौ सय १९ जना संक्रमित फेला परेका छन् । साथै, चार हजार छ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment