+
+
Shares

चीनमा कोरोना भाइरसको दोस्रो लहर फैलिने चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १२:५१

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) लाई नियन्त्रणमा लिन सफल चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने चिन्ता सुरु भएको छ। कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनमा मंगलबार एकजना संक्रमित फेला परेका छन्।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार मंगलबार भेटिएका एक संक्रमित इनर मंगोलिया क्षेत्रमा फेला परेका हुन्। यसअघि सोमबार चीनमा १७ नयाँ संक्रमित फेला परेका छन् ।

सोमबार चीनमा भेटिएका नयाँ संक्रमितमध्ये पाँचजना वुहानमा भेटिएका थिए । यससँगै चीनको वुहान सहरबाटै संक्रमणको दोस्रो लहर फैलिन सक्ने चिन्ता बढेको हो।

चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण ८२ हजार नौ सय १९ जना संक्रमित फेला परेका छन् । साथै, चार हजार छ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?