Comments Add Comment

कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि

३० वैशाख, काठमाडौं । कर्णाली प्रदेशले प्रदेश सभाको छैटौँ अधिवेशन जेठ ११ गतेको लागि बोलाएको छ । शुक्रबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिउँसो तीन बजे प्रदेश सभा भवन, सुर्खेतमा बस्नेगरी आह्वान गर्न सिफारिस गरेको हो ।

त्यस्तै, कोभिड १९ को संक्रमण रोकथाम तथा प्रतिकार्यार्थ अस्पतालहरूको पूर्वाधार विकासका लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई बजेट उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment