Comments Add Comment

भारतद्वारा २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा

३० वैशाख, काठमाडौं । भारतले कोरोना महामारीको असर क मगर्न २० लाख करोड रुपैयाँको आर्थिक प्योकज घोषणा गरेको छ ।

मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका हुन् ।

यो प्याकेज भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १० प्रतिशत भएको उनले बताएका छन् । प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतको संकल्प पूरा गर्न आर्थिक प्याकेज ल्याइएको बताए । यो प्याकेज ल्याण्ड (भूमि), लेबर (श्रम), लिक्वीडिटी (तरलता) जस्ता समस्या सम्बोधन गर्न ल्याइएको उनले बताए ।

आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको मोदीले सम्बोधनका क्रममा बताए ।

‘यो आर्थिक प्याकेज देशको श्रमिक र किसानका लागि हो जो, हर स्थिति, हर मौसममा देशवासीका लागि दिनरात परिश्रम गर्छन्, यो आर्थिक प्याकेज देशका मध्यमवर्गका लागि हो । जसले इमान्दारिताका साथ देशको विकासमा आफ्नो योगदान दिइरहेका छन् ।यो प्याकेज उद्योगीहरुको लागि हो जसले भारतको आर्थिक सामर्थ्य बुलन्द गरिदिएका छन्’ मोदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment