+
+
Shares

ललितपुरको आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ वैशाख ३१ गते १२:०२

३१ वैशाख, काठमाडौं । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।

कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?