
३१ वैशाख, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा आठ सय ८१ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १२ हजार चार सयभन्दा धेरै पुगिसकेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा नौ हजार २५८ नयाँ संक्रमित भेटिएका छन् । यससँगै ब्राजिलमा समग्र संक्रमितको संख्या एक लाख ७७ हजार ५८९ पुगेको छ ।
यससँगै संक्रमित संख्याको हिसाबमा ब्राजिल जर्मनीभन्दा अगाडि देखिएको हो । जर्मनीमा अहिलेसम्म एक लाख ७० हजार पाँच सय आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले भने कोरोना भाइरसलाई बेवास्ता गर्दै आएका छन् । उनले मुलुकमा लकडाउनको समयमा पनि आवश्यक सेवाहरु सञ्चालनको लागि निर्देशन दिएका छन् । तर, कम्तीमा १० राज्यका गभर्नरहरुले भने बोल्सोनारोको निर्देशन नमान्ने बताइसकेका छन् ।
स्रोत : अलजजिरा
प्रतिक्रिया 4