Comments Add Comment

गुल्मी पाँच दिनका लागि सिल 

३१ वैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । कोभिड-१९ संकट व्यस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को दफा २(२) तथा नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २४ गते बसेको बैठकको निर्णय नम्बर ६ बमोजिम नाका बन्द गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रदेश ५ का छिमेकी जिल्लाहरूमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई पाँच दिन मानिसहरूको आवतजावज पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।

उनले एम्बुलेन्स, शववाहन, मृत्यु संस्कार, विद्युत्, सञ्चार, खानेपानी, औषधि र इन्धनबाहेक अन्य सबै प्रकारका सवारी साधनहरूको आवागमन बन्द गर्ने निर्णय भएको बताए ।

त्यस्तै, सर्वसाधारण नागरिक बिरामी भएको अवस्थाबाहेक घरबाट बाहिर ननिस्कने, सहकारी तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक दैनिक उपभोग्य वस्तु जस्तै इन्धन, दाल, चामल, तेल, नुन, दूधडेरी, तरकारी तथा फलफूल पसलहरूमा अनिवार्य हात धुने व्यवस्था गर्ने र बिहान ११ बजेदेखि १ बजेसम्म मात्र बिक्रीवितरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment