Comments Add Comment

स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई रोक लगाएकामा विरोध

३१ वैशाख, काठमाडौं । कोरोना महामारीको रिपोर्टिङ खटिएका स्वास्थ्य पत्रकारहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवेशमा रोक लगाएको प्रति स्वास्थ्य पत्रकार मञ्चले विरोध जनाएको छ ।

बुधबार समाचार संकलनका लागि मन्त्रालय गएका पत्रकारलाई प्रवेशमा रोक लगाएपछि मञ्चले विरोध जनाएको हो ।

मञ्चका अध्यक्ष कल्पना आचार्य र महासचिव रामप्रसाद न्यौपानेले बुधबार विज्ञप्ती जारी गर्दै मन्त्रालयको यो कदम तत्काल सच्याउन माग गरेको छ ।

विज्ञप्तीमा महामारीको बेला जोखिम उठाएर जनतालाई सही सूचना दिन सक्रिय सञ्चारकर्मीलाई मन्त्रालयले सहज ढंगले सूचना उपलव्ध गराउनु पर्नेमा उल्टै प्रवेशमा रोक लगाउनु दुखद रहेको उल्लेख छ ।

यस्तै मञ्चले कोरोना महामारीको रिपोर्टिङमा खटिएका पत्रकारहरुलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउन सम्बन्धित सञ्चारगृहको ध्यानाकर्षण गराएको छ भने स्वयं पत्रकारले समेत सजग रहेर रिपोर्टिङमा खटिन अनुरोध गरेको छ ।

विभिन्न जिल्लामा रिपोर्टिङमा खटिएका तीन जना पत्रकारलाई कोरोना संक्रमण देखिएपछि मञ्चले आफ्ना सदस्य तथा आम पत्रकारलाई सचेत गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment