+
+
Shares

कोरोना संक्रमित महिला केही घण्टा बसेको कैलालीको एक टोललाई सिल गरियो

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ जेठ १ गते ६:५६

१ जेठ, कैलाली । कञ्चनपुरबाट कैलालीको अत्तरिया हुँदै काठमाडौं गएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ ।

वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौं जाँदा उनी बसेको स्थानलाई बुधबार सिल गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

‘काठमाडौँ जान हिँडेकी महिला यहाँ बसेकी थिइन् । उनलाई संक्रमण भएपछि हामीले यो ठाउँ सिल गरेका हौँ,’ मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले भने ।

मेडिकल टिम धनगढी पुर्‍याउन आएको सशस्त्र प्रहरीकै भ्यानमा काठमाडौं फर्कने योजनाबमोजिम उनी अत्तरियामा रहेको सशस्त्र बाहिनी अगाडि बसेकी थिइन् ।

कञ्चनपुरको बेतकोटबाट अटो रिक्सामा अत्तरियासम्म पुगेकी उनी त्यहाँबाट सशस्त्र प्रहरीको भ्यानमा काठमाडौँ गएको विष्टले जानकारी दिए । उनी गोदावरी नगरपालिका १ अत्तरियाको सशस्त्र बाहिनी अगाडि करिब २/३ घण्टा बसेको गोदावरी नागरपालिकाकी उपप्रमुख रतना कठायतले जानकारी दिइन् ।

कञ्चनपुरबाट काठमाडौंको चन्द्रागिरि गएकी ती ३३ वर्षीया महिलामा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित महिला अत्तरियामा केही समय बसेको भन्दै विजयनगर टोल सिल गरिएको हो । ‘यहाँको १०/१२ वटा घर सिल गरिएको छ,’ प्रहरी नायब उपरीक्षक विष्टले भने, ‘अब यहाँका नागरिकहरूको स्वास्थ्य परीक्षणको पनि तयारी भइरहेको छ ।’

संक्रमित महिला बसेको घरलगायत त्यो घर वरिपरिका ७० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले जानकारी दिए।

काठमाडौंमौ बस्दै आएकी उनी चैत ६ गते काठमाडौंबाट कञ्चनपुर गएकी थिइन् । त्यसपछि वैशाख २८ गते एक छोरा र एक छोरीसँगै सशस्त्र प्रहरीको भ्यानमा काठमाडौं फर्किएको भए पनि अरूमा भने कोरोना संक्रमण देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?