Comments Add Comment

खाद्यान्नको पासले कपडा ढुवानी गर्ने ट्रक नियन्त्रणमा

१ जेठ कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा खाद्यन्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको ट्रकलाई बिहीबार बिहान प्रहरीले नियन्त्रण मा लिएको छ ।

वीरगञ्जदेखि कैलालीसम्मका लागि फेन्सी तथा लत्ताकपडा ढुवानी गरिरहेको ना६ख ४३५१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रण लिएको हो ।

सुखडमा रहेको ट्राफीक चेक पोष्टमा सोधपुछ गरी इन्ट्री गर्दा सवारी चालकले खाद्यन्न भएको बताएका थिए । तर, उक्त ट्रकमा कपडाका थान भेटिको थियो ।

खाद्यन्न ढुवानी भन्दै कपडा धुवानी गरिरहेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिएर राखिएको इलाका प्रहरी कार्यलय सुखडका प्रहरी प्रमुख हरिसरण भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment