+
+
Shares

उपत्यका आउने पास दिँदा स्थानीय तहलाई पूर्व जानकारी दिनुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते १७:४४

१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुले लुकिछिपी वा सवारी पास बनाएर आउनेहरुका कारण उपत्यकाबासी असुरक्षित बनेको गुनासो गरेका छन् ।

उनीहरुले बिहीबार गृह सचिव महेश्वर न्यौपानेलगायतलाई भेटेर उपत्यका आउने सवारी पास दिँदा सम्बन्धित स्थानीय तहलाई पनि जानकारी गराउन माग गरेका छन् ।

पछिल्लो समय काठमाडौंको मच्छेगाउँ र भक्तपुरमा कोरोना संक्रमित भेटिएका छन् । उनीहरु उपत्यका बाहिरबाट हालसालै सवारी पास बनाएर आएका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भन्छन्, ‘कोरोना संक्रमणमा काठमाडौं उपत्यका शान्ति र सुरक्षित थियो । उपत्यकाबासीले लकडाउनमा सरकारलाई साथ दिएका पनि थिए तर लुकिछिपी आउने वा पास नै लिएर आएका केहीका कारण पचासौं लाख मानिस असुरक्षित भएका छन् ।’

काठमाडौं प्रवेश गर्ने नाकामा मात्र नभई प्रस्थान विन्दुमा नै कडाई गर्नुपर्ने जनप्रतिनिधिको माग छ ।

गृहले एक जिल्लाबाट अर्को जिल्लामा जाने पास खारेज गरेको छ भने उपत्यका प्रवेश गर्न चाहनेहरुको हकमा गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

जनप्रतिनिधिहरुले भने अझ कडाई गर्न माग गरेका छन् । कोही लुकछिपी आउने र ल्याउन सहयोग गर्ने सबैलाई कारबाही गर्नुपर्ने जनप्रतिधिहरुको माग छ ।

पास दिँदा पनि सम्वन्धित स्थानीय तहलाई जानकारी गराउनुपर्ने उनीहरुले बताएका छन् । ‘पास दिँदा किन आउन लागेको ? कति दिनका लागि आउन लागेको हो ? कुन स्थानीय तह र कुन घरमा बस्ने हो भन्ने पनि सोध्नुपर्छ’ काठमाडौं महानगरका मेयर शाक्यले भने, ‘नयाँ मान्छे आउनासाथ कुन घरमा गयो भने भनेर वडाध्यक्ष वा सदस्यहरुले खोज्दै हिँड्नु व्यवहारिक हुन्न ।’

आफूहरुको मागमा गृह मन्त्रालय र प्रहरी प्रशासन सहमत रहेकाले उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?