
१ जेठ, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न लगाइएको आपतकालीन व्यवस्था हटाइएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले बिहीबार राष्ट्रिय टेलिभिजनमा बाल्दै मुलुकका ४७ मध्ये ३९ राज्यमा लगाइएको आपतकालीन अवस्था हटाउने घोषणा गरेका हुन् ।
पछिल्लो समय जापानमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएसँगै ३९ राज्यमा अपतकालीन अवस्था हटाउने निर्णय गरिएको हो ।
कोरोना भाइरसबाट बढी प्रभावित बनेका होक्काइडो, टोकियो, चिबा, साइटामा, कानागवा, ओसाका, ह्योगो र क्योटो राज्यमा भने आपतकालीन अवस्था कायम रहनेछ । यी राज्यहरुमा पनि आपतकालीन अवस्था कायम राख्ने वा नराख्ने भन्नेबारे आगामी साता निर्णय हुनेछ ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म जापानमा १६ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ६ सय ७८ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट करिब नौ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।
स्रोत : अलजजीरा
प्रतिक्रिया 4