Comments Add Comment

वडाध्यक्षले दिल्लीबाट छोरालाई ल्याए, क्वारेन्टाइनमा राखेनन्

२ जेठ, सप्तरी । सप्तरीका एक जना वडा अध्यक्षले भारतमा अध्ययनरत आफ्ना छोरालाई घर ल्याएका छन् ।

जिल्लाको बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम साहका छोरा भारतको नयाँ दिल्लीमा इन्जिनियरिङ अध्ययनरत थिए । उनी बुधबार राति घर आएका छन् ।

अरुलाई सीमाबाट छिर्न रोक लगाइए पनि वडा अध्यक्षका छोरा कसरी घर आइपुगे भनी स्थानीयले आश्चर्य व्यक्त गरेका छन् । भारतबाट आएका छोरालाई वडा अध्यक्ष साहले घरमै परिवारसँगै राखेका छन् ।

किन क्वारेन्टाइनमा नराखिएको भन्ने जिज्ञासामा उनले क्वारेन्टाइनमा पठाइसकिएको प्रतिक्रिया दिए । बोदे बर्साइन नगरपालिका ५ स्थित मावि बोदे बर्साइनको क्वारेन्टाइनमा उनलाई पठाइएको वडा अध्यक्षले बताए पनि बिहीबार रातिसम्म क्वारेन्टाइन पुगेका छैनन् ।

बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य संयोजक एवं क्वारेन्टाइन प्रमुख ऐयुब राइनले वडा अध्यक्षका छोरा क्वारेन्टाइनमा नआएको बताए ।

वडा अध्यक्षले नै भारतबाट आएका छोरालाई घरमा राखेको भन्दै त्रसित भएका छन् । उनीहरुले छोरालाई अबिलम्ब क्वारेन्टाइनमा पठाएर वडाध्यक्षसहित परिवारका सबैको परीक्षण गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment