Comments Add Comment

‘जुन १३ मा सिरी ए सुरु हुने सम्भावना ९९ प्रतिशत छ’

२ जेठ काठमाडौं । इटालियन ओलम्पिक कमिटी (कोनी) का प्रेसिडेन्ट जिओभानी मालागोले आगामी १३ जुनमा सिरी ए फुटबल सुरु हुने सम्भावना ९९ प्रतिशत रहेको बताएका छन् ।

मालागोले यदी सरकारले अनुमती दिएमा यस्तो सम्भावना रहेको बताएका हुन् ।

सिरी एका क्लबहरुहरु ट्रेनिङमा फर्किसकेका छन् । बहुमत क्लबले १३ जुन देखि फेरि लिग सुरु गर्न भवटिङ समेत गरिसकेका छन् । यदी सरकारले स्वीकृति दिएका इटलीमा १३ जुनमा लिग सुरु गर्ने तयारी भइरहेको छ ।

कोरोना भाइरस कोभिड-१९ महामारीका कारण ९ मार्चदेखि सिरी ए स्थगित छ । लिगमा अधिकाश टिमले १२ खेल खेल्न बाँकी छ ।

लगातार नवौँ पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्ट्स लाजियोलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा छ ।

मालागोले लिग सुरु हुन सबै क्लियर हुनुपर्ने बताए ।

‘यो वास्तविक जोखिम हो, तर सिरी ए को प्राथमिकता र एकमात्र उद्देश्य पुनः सुरु गर्नु हो ।’

मालागोले यदि कुनै खेलाडीमा कोरोनाभाइरस पोजिटिभ लक्षण देखिए सम्पूर्ण टोलीलाई १४ दिनको आइसोलेसनमा जानुपर्ने भन्ने सरकारको अडान परिवर्तन हुन सक्नेसमेत बताए ।

‘मलाई स्वास्थ्य मन्त्रालयको निर्णयको कारण थाहा छैन तर मलाई भनिएको छ कि यसबारे पुनर्विचार हुन सक्नेछ,’ मालागोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment