Comments Add Comment

क्वारेन्टाइन नियम तोड्दै मन्जन किन्न गएपछि बुण्डेशलिगा प्रशिक्षकलाई यस्तो कारबाही

२ जेठ काठमाडौं । जर्मन बुण्डेशलिगा क्लब अस्बर्गका प्रमुख प्रशिक्षक हिको हेरलिचले क्वारेन्टाइन नियम तोड्दै टुथपेस्ट मन्जन किन्न टिम होटेलमा बाहिर गएपछि शनिबारबाट फेरि सुरु हुन लागेको लिगको खेल गुमाउने भएका छन् ।

हेलरिचले क्वारेन्टाइन नियम तोडेवापत एक खेल गुमाउने छन् ।

हेरलिचले बिहीबार एक न्यूज कन्फरेन्समा उनले लिग नियम तोडेर एक पसलमा गएको बताएका थिए ।

उनको टोली अस्गबर्गले शनिबार वल्फ्सर्गसँग खेल्दैछ ।

जर्मन लिगको लागि तयारी गर्दै टोलीहरू यस सप्ताहन्तमा पुनः लिग सुरु गर्न क्वारन्टाइनमा बसेका छन् ।

‘मैले होटल छोडेर गल्ती गरेँ,’ उनले पछि एक विज्ञप्तिमा भने ।

४८ वर्षीय हेलरिच १० मार्चमा अस्बर्गा प्रशिक्षक नियुक्त भएका थिए । वल्फ्सवर्गसँगको घरेलु खेल उनको पहिलो खेल हुनेछ ।

उनले अब खेलअघि टिमको प्रशिक्षणमा समेत सामेल नहुने बताएका छन् ।

‘यद्यपि मैले होटेल छोड्दा सबै स्वच्छ उपायहरू अपनाएको छु, म यसलाई लुकाउन सक्दिन,’ उनले भने, ‘यस्तो अवस्थामा म मेरो टोली र जनताका लागि रोल मोडेलको रूपमा कार्य गर्न सक्षम भएन ।’

‘तसर्थ म शुक्रबार प्रशिक्षणलाई नेतृत्व गर्ने छैन र शनिबारलाई वल्फ्सबर्गविरूद्ध टोलीमा हुनेछैन ।’

यसभन्दा अघि एउटा भिडियो समाचार सम्मेलनमा उनले भनेका थिए, ‘मसँग टुथपेस्ट छैन र म सुपरमार्केटमा गएँ ।’

लिग फेरि सुरु हुनुअघि क्लबले खेलाडी र स्टाफको नियमित रुपमा कोरोना भाइरस परीक्षण गरिरहेको छ । अब हेलरिचको दुई पटक कोभिड-१९ नेगेटिभ आएपछि मात्र उनी टिमको प्रशिक्षणमा सहभागी हुन पाउनेछन् ।

अग्सबर्ग बुण्डेशलिगामा १४औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment