+
+
Shares

भारतबाट आएका थिए बाँकेका आठै जना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते २०:४३

२ जेठ, नेपालगञ्ज । बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ ।

उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । ‘१४/१५ दिन अगाडि भारतबाट आएका हुन् । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने ।

८ जना फरक फरक समूहमा आएका थिए र दीपेन्द्र प्रावि भवानपुर, नेराप्रावि र कृष्ण प्राविको क्वारेन्टाइनमा थिए । उनीहरुलाई कुनै अस्पताल लैजाने भन्ने टुंगो भइसकेको छ । ‘स्थानीय प्रशासन र स्वास्थ्यकर्मी पर्खिरहेको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?