Comments Add Comment

काठमाडौंको चन्द्रागिरि नगरपालिका ‘सिल’

फाइल तस्वीर

२ जेठ, काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको बैठकले नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरिएको छ ।

कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी साधन चल्न बन्द गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । ‘राजमार्गसमेत यही वडामा पर्ने भएकोले सिल गरिएको घोषणा गरिएको छैन । तर, लकडाउन कडाइ गर्दा सिल गरेसरह नै कडा गरिने छ ।’

गत वैशाख ३० गते चन्द्रगिरिमा बसोबास गर्ने ३३ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । ती युवती चन्द्रागिरि– ९ निवासी थिइन् । त्यस्तै जेठ एकमा पनि चन्द्रागिरिमै बसोबास गर्ने ३२ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखिएको थियो ।

जेठ एकमै काठमाडौंको दहचोक बस्ने ७ वर्षीय बालकमा समेत कोरोना संक्रमित भएको पाइएको छ । त्यस्तै, बिहीबार धादिङ स्थायी घर भएकी महिला पनि वैशाख २७ गते काठमाडौंको सतुंगलमै रहेकी छन् ।

९ नं वडामा पहिलेदेखि नै कडाइ

चन्द्रागिरिमा पहिलो संक्रमण वैशाख ३० मा भेटिएपछि नगरपालिकाको वडा नम्बर ९ कार्यालयले ३१ वैशाखमा नै तरकारी बेच्न समेत प्रतिबन्ध लगाइसकेको छ ।

वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर निस्कन र कुनै पसलमा जाँदा सामाजिक दुरी कायम गराउन पनि आग्रह गरेको छ ।

वडा ६ मा पैदल हिँड्न प्रतिबन्ध

कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्दै गएपछि चन्द्रगिरि नगरपालिका वडा नम्बर ६ ले केही क्षेत्रमा पसल व्यवसाय सञ्चालन र हिँडडुलमा समेत रोक लगाएको छ ।

अति संवेदनशील स्थान भएको र आवत जावत गर्न दिँदा संक्रमण बढ्न सक्ने भएकाले भोलि शनिबार बिहान १० बजेदेखि एक सातासम्मका लागि औषधि पसलबाहेक अन्य पसल सञ्चालन र अनावश्यक हिँडडुलमा रोक लगाएको वडाध्यक्ष सञ्जय सिग्देलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment