+
+
Shares

कांग्रेस देउवा समूहको दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते ९:३३

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन भएका छन् ।

खलंगामा सम्पन्न जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

उपसभापतिमा लालसिंह धामी र दिलिप सिंह महता चयन भएका छन् भने सचिवमा लालबहादुर चन्द निर्वाचित भएका छन् ।

अधिवेशनबाट ३७ सदस्सीय जिल्ला कार्य समिति गठन भएको छ ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा भान सिंह धामी र क्षेत्र ‘ख’ को सभापतिमा पूर्णसिंह साउद चयन भएका छन् ।

शेरबहादुर देउवा समूहले २१ देखि २३ मंसिरसम्म काठमाडौंको खुलामञ्चमा समानान्तर महाधिवेशन गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?