Comments Add Comment

अनलाइन काता च्याम्पियनसिप जगत र रोस्मालाई उपाधि

२ जेठ काठमाडौं । जगतसिंह धानुक र रोस्मा राईले प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगिताको उपाधि जितेका छन् ।
गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ पुरुषतर्फ धनगढी डोजोका जगतसिंह धानुक र महिलातर्फ खोटाङकी रोस्मा राई प्रथम भएका हुन् ।

२१ जनालाई पछि पारेका धनगढी डोजोका धानुकले कूल २४.५ अंक ल्याएर पहिलो भएका हुन् । पुरुषतर्फ बालाजु डो एकेडेमीका धिरेस श्रेष्ठ २३ अकसहित दोश्रो तथा नरहरी डोजोका स्वर्णिम मानन्धर २२.०५ अं ल्याएर तेश्रो भए ।

महिलातर्फ ११ खेलाडी सहभागी भएकोमा खोटाङ डोजोकी रोस्मा राईले २४.५ अंक ल्याएर प्रथम भइन् । यस्तै धनगढी कराँते एकेडेमीकी वर्ष राउत दोश्रो तथा एपीएफकी सरिता श्रेष्ठ तेश्रो भइन् । वर्षाले २३ र सरिताले २२.०५ अंक ल्याइन् ।

प्रतियोगितामा दुवै विधामा विजेता बनेका खेलाडीले १२-१२ हजार प्राप्त गरे । यस्तै दोश्रो हुनेले ६ हजार पाँच सय र तेश्रो हुनेले ४ हजार रुपैयाँ जनही प्राप्त गरेका छन् ।

पहिलो पटक भएको अनलाइन काता च्याम्पियनसिपमा उपाधि जितेका धनगढीका जगतसिंहले खुशी लागेको बताए । उनले घरमै भिडियो बनाएर फेसबुकमा अपलोडर गरेर प्रतिस्पर्धा गरेको बताए । यसमा आफ्नो गुरु ललित खत्रीले पनि सहयोग गरेको उनले बताए ।

जगतसिंहले यसअघि नै कराँतेको राष्ट्रिय टिममा स्थान बनाएका थिए । राष्ट्रिय प्रतियोगिताहरु समेत खेलेका थिए । यस्तै भारतमा भएको दोस्रो साफ च्याम्पियनसिपमा पनि उनले प्रतिस्पर्धा गरेका थिए ।

उनले नेपालगन्जमा आएको आठौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित गर्दै फाइट विधामा खेलेका थिए । आफूले काता र फाइट दुवै खेल्ने जगतले बताए ।

यस्तै प्रतियोगिताको उदियमान खेलाडी लैनचौर डोजोका रिहान जावेद घोषित भए भने सुर्खेतका ५२ वर्षीय खेलाडी प्रदीप राईलाई म्याचोर खेलाडी घोषित गरिएको छ ।

अहिले विश्वभर नै कोरोनाभाइरस (कोभिड१९) महामारीका कारण अहिले नेपाल डकडाउनमा रहेको र खेलकुद गतिविधि हुन नसकिरहेको बेला करातेको काता प्रतिस्पर्धा अनलाइनबाटै आयोजना गरिएको हो ।

यसका लागि आयोजकले देशभर रहेका खेलाडीलाई काताको भिडियो बनाएर फेसबुकमा पोष्ट गर्न आग्रह गरेको थियो ।
शुक्रबार दिउँसो साढे १ बजेपछि त्यही भिडियोको आधारमा प्रतियोगिताको विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको संयोजक १३औं सागको दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले गरेका थिए । मन्डेसँगै आठौं सागमा स्वर्ण विजेता तथा १३औं सागमा प्रशिक्षक रहेका गंगाराम महर्जनले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताका लागि आठौं सागमा स्वर्ण विजेता एवंम नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको विशेष सहयोग गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment