Comments Add Comment

बन्धनमा बस्न कठिन छ तर शारीरिक रुपमा ठीक छु : मेस्सी

२ जेठ काठमाडौं । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले कोरोनाभाइरसका कारण बन्धनमा बस्न कठिन भएको बताएका छन् । तर उनले छिटै फुटबलमा फर्कन आफू तयार रहेको बताए ।

‘शारीरिक रुपमा म ठीक छु,’ मेस्सीले स्पोर्ट्स र मुन्डो डेपोर्टिभोसँग भनेका छन् ,’म आजकल घरमै ट्रेनिङ गरिरहेको छु र यसले मलाई शेपमा रहन मद्दत गर्छ ।’

उनले बन्धन भने कठिन भएको बताए । यो बन्ध धेरै कठिन छ । तर एन्टोनेला र बच्चाहरुसँग भएपछि सबै कुरा ठीक हुन्छ । मेस्सीले आफू परिवारसँग रमाइरहेको बताए ।

मेस्सीले कोरोनाभाइरसले स्थगित भएको अहिलेको फुटबलले फाइदा गर्न सक्ने बताए । यसले हामीलाई केही फाइदा गर्न सक्छ तर यदी प्रतियोगिता सुरु भएपछि हामी हेर्छौँ ।

उनले प्रतियोगिता सुरु भएपछि आफ्नो लेभल जाँच गर्न पाइने बताए ।

मेस्सीले अहिलेको अवस्थामा ट्रेनिङ गर्नु पहिलो स्टेप रहेको र तर धेरै आत्मविश्वासी हुन नहुने बताए । उनले सबैखाले सावधानी अपनाएर मात्रै क्लज डोरमा खेल सुरु गर्न सकिने बताए ।

यस्तै मेस्सीले यसअघि बार्सिलोनाले यस्तै अवस्थामा खेलेमा च्याम्पियन्स लिग जित्न नसकिने समेत बताएका छन् ।

‘मैले टोलीमाथि शंका गरेको होइन । मलाई कुनै शंका छैन हामी बाँकी रहेको ला लिगा र च्याम्पियन्स लिग जित्न सक्छौँ तर अहिले खेलिरहेको जसरी खेलेर होइन,’ मेस्सीले भने ।

अहिले सबैको आ-आफ्नै विचार रहेको र त्यो सबै सम्मानजनक नै रहेको उनले बताए । उनले तथ्यको आधारमा आफ्नो विचार बनाएको र हरेक र वर्ष च्याम्पियन्स लिग खेल्न पाउनुमा आफू भाग्यमानी रहेको बताए ।

अहिले हामीले खेलेजस्तै गरेर खेल्यौँ भने उपाधि जित्न सम्भव छैन । मेस्सीले भने । हुन सक्छ किके सेटिएन (प्रशिक्षक)ले फरक बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment