+
+
Shares

न्युयोर्कमा मे २८ सम्म लम्बियो लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते २१:५६

२ जेठ,काठमाडौं । अमेरिकाको न्युयोर्कमा लकडाउन मे २८ सम्म लम्ब्याइएको छ । विशेषगरी न्युयोर्कको सहरी क्षेत्रलाई लक्षित गरेर यस्तो निर्णय गरिएको हो । अन्य क्षेत्रमा भने लकडाउन खुकुलो पारिनेछ ।

यसअघि न्युयोर्कको स्थानीय सरकारले मानिसहरुलाई दिएको घरमा नै बस्ने आदेश शुक्रबार सकिँदै थियो । यस्तोमा न्युयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले लकडाउन लम्ब्याउने निर्णय भएको जानकारी दिएका हुन् ।

अमेरिकाको न्युयोर्क अहिले पनि कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु भएका ८५ हजार आठ सय ७ मध्ये २७ हजार ६ सय सात जनाको मृत्यु न्युयोर्कमा भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?