+
+
Shares

सर्लाहीकी संक्रमित युवती काठमाडौंकै बासिन्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते १३:१५

३ जेठ, जनकपुधराम । सर्लाहीमा देखापरेको नयाँ संक्रमित काठमाडौंकै बासिन्दा भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको रामनगरकी १८ बर्षीया युवती संक्रमित भएकी छन् ।

तर, संक्रमित युवती काठमाडौंकै बासिन्दा हुन् । लामो समयदेखि उनका परिवार काठमाडौं बस्दै आएको पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनलाइनखबरलाई बताए । काठमाडौंको जडिबुटीमा बसोबास गर्ने उनको परिवारको कपनमा व्यवसाय पनि छ ।

युवतीको स्वाब पनि काठमाडौंमै संकलन गरिएको र पोजेटिभ पाइएपछि काठमाडौंमै आइसोलेसनमा लग्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । संक्रमित युवतीका अन्य जानकारी लिने काम भइरहेको उनले बताए ।

सर्लाहीमा यसअघि १४ बर्षीय बालक र ४५ बर्षीय पुरुष संक्रमित भएका छन् । १४ बर्षीय बालकको नारायणी अस्पताल बीरगंजमा र ४५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?