Comments Add Comment

भ्रमण प्रतिबन्ध हटाउने इटालीको तयारी

३ जेठ, काठमाडौं । इटालीले भ्रमणका लागि आउने र बाहिरिने मानिसमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । लकडाउन खुकुलो पारिएसँगै इटालीले आगामी जून ३ बाट भ्रमणमा लगाइएको प्रतिबन्ध हटाउन लागेको हो । इटालीमा सोही दिनदेखि दुई क्षेत्रबीच आवतजावत पनि खुला गरिनेछ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण इटली पछिल्लो दुई महिनाभन्दा लामो समयदेखि लकडाउनमा छ । यहीबीच आएकबो भ्रमण प्रतिबन्ध हटाउने निर्णयलाई अर्थतन्त्र सुधारको महत्त्वपूर्ण कदम मानिएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुकमध्ये इटाली पनि एक हो । तर, पछिल्लो केही दिनयता भने इटालीमा नयाँ संक्रमितको संख्यामा कमी आएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसबाट ३१ हजार ६ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणको लागि मुलुकभर लकडाउन गर्ने इटाली पहिलो मुलुक हो । मे महिनाको शुरुदेखि भने इटालीले लकडाउन केही खुकुलो बनाएको छ । मे ४ देखि इटालीमा पार्कहरु र कारखानाहरु खुलेका छन् । अहिले सरकारले गरेको निर्णयमा प्रधानमन्त्री जिजुप्पे कोन्टेको हस्ताक्षर छ । मे १८ देखि इटालीमा पसल र रेष्टुरेन्टहरु खुल्न थाल्नेछन् । सोही दिनदेखि क्याथोलिक चर्चहरु पनि खुल्नेछन् । तर, चर्चहरु खुलेपछि भौतिक दूरी कायम राख्ने र मास्क लगाउने नियमको भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

इटालीमा मार्च २७ मा एकैदिन कोरोना भाइरसको कारण नौ सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो । यो संख्या शुक्रबार भने दुई सय ६२ मा झरेको छ । कोरोना भाइरसको महामारीको कारण अर्थतन्त्रमा परेको क्षति न्यूनीकरणका लागि सरकारले गत यसै साताको शुरुमा ४८ अर्ब डलरको राहत प्याकेज अघि सारेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment