Comments Add Comment

स्पेनमा कोरोना : मृत्यु हुनेको संख्या मार्च मध्ययताकै कम

फाइल तस्वीर

३ जेठ, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट एकदिनमा मृत्यु हुनेको संख्या मार्च १७ यताकै सबैभन्दा कममा झरेको छ ।

शनिबार स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार, मुलुकमा नयाँ संक्रमितको संख्यासँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना भाइरसको कारण एक सय चारजनाको मृत्यु भएको बताइएको छ । यससँगै स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ हजार पाँच सय ६३ पुगेको छ ।

स्पेनको स्वास्थ्य आपतकालका निर्देशक फर्नान्डो सिमोनले मृत्यु हुनेको संख्या कम हुँदै गए पनि निरन्तर मानिसहरुको मृत्यु हुनु पीडादायी भएको बताएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका पाँच सय ३९ नयाँ संक्रमित फेला परेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ३० हजार ६ सय ९८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म स्पेनमा ५० हजार सात सय २३ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment