+
+
Shares

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न झापामा हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते २३:०६
झापाको सीमावर्ती क्षेत्रमा गस्ती गर्दै प्रहरी ।

३ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । नेपाल-भारत सीमानाको पिल्लर नम्बर १२५/१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।

जबर्जस्ती नेपाल छिर्न खोजेका भारतीयले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । पछि भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेका थिए ।

केही दिनअघि झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?