+
+
Shares

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते ८:१३

४ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा आठ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा निरन्तररुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट दुई लाख ३३ हजार १४२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा १४ हजार ९१९ नयाँ संक्रमित फेला परेका हुन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा चौथो स्थानमा आइपुगेको छ । संक्रमित संख्यामा ब्राजिलले स्पेन र इटालीलाई पछि पारेको हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?