Comments Add Comment

मैले गोल गर्दा कुनै आश्चर्य लागेन : हालान्ड

४ जेठ, काठमाडौं ।  कोरोनाभाइरस महामारीबीच पनि जर्मनीमा फुटबल फर्किएको छ । शनिबार जर्मनीको शीर्ष डिभिजन बुण्डेसलिगामा ६ खेल भए ।

जसमा सबैभन्दा प्रतीक्षा गरिएको बोरुसिया डर्टमण्ड र साल्काबीचको खेल थियो । उक्त खेलको २९ औं मिनेटमा एर्लिन हालान्डले पहिलो गोल गरे । लकडाउनपछि जर्मनीको लिगमा गोल गर्ने उनी पहिलो खेलाडी बने । राफेल गुरेइराले दुई गोल थपेपछि डर्टमण्डले घरेलु मैदानमा साल्कालाई ४-० ले हरायो ।

अहिले हालान्ड विश्व फुटबलमा उदाउँदो युवा स्टारका रूपमा छन् । यसै सिजन मात्र जनवरीमा साल्जवर्गबाट डर्टमण्ड पुगेका उनले गोलको रफ्तार कायम राखेका छन् ।

शनिबार पनि उनले गोल गरे । खेलपछि १९ वर्षीय यी नर्वेली फरवार्डले आफूले गोल गर्दा कुनै आश्चर्य नभएको प्रतिक्रिया दिए ।

‘म उस्तै छैन । सात हप्तादेखि मैले खेल खेलिरहेको छैन । तर मलाई थाहा छ, मैले यो समयमा कडा मिहिनेत गरेको थिएँ । र, गोल गर्दा मलाई आश्चर्य भएन । हालान्डाले बुण्डेसलिगासँग भनेका छन् ।’

यस्तै, डर्टमण्डका प्रशिक्षक लुसियन फाब्रेले सालका विरुद्धको ४-० को नतिजा राम्रो भएको बताए । ‘यो राम्रो नतिजा हो । हामीले टिमको रूपमा र डिफेन्सिभली राम्रो खेल्यौँ । त्यो नै मुख्य पाटो रह्यो,’ फाब्रेले भने, ‘यो अनौठो अनुभव रह्यो । त्यहाँ सुट गर्दा, खेल्दा, गोल गर्दा कुनै हल्ला थिएन । हामीले फ्यानलाई मिस गर्‍यौँ तर खेलाडीहरु आफ्नो काममा केन्द्रित थिए ।’

यस्तै, हारपछि साल्काका प्रशिक्षक डेविड वाग्नरले डर्टमण्ड राम्रो टिम रहेको र त्यसमा कुनै शंका नरहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment