+
+
Shares

बारामा बेवारिसे नोट भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १०:४४

४ जेठ, काठमाडौं । बाराको आदर्श कोतवाल गाउँपालिका–८ स्थित कोत्वाली गाउँमा आइतबार बिहान बेवारिसे अवस्थामा पैसा फेला परेको छ ।

५ सयको १६ थान नोट बेवारिसे अवस्थामा फेला परेको बाराका डीएसपी गौतम मिश्रले अनलाइनखबरलाई जानकारी दिए ।

डीएसपी गौतमले भने, ‘बाटोमा पैसा भेटिएकोले कसैको खसेको हुन सक्छ । भेटिएको पैसा प्लास्टिकमा पोको पारेर सुरक्षित राखेका छौं ।’

बाटामो बेवारिसे अवस्थामा पैसा फेला परेपछि स्थानीयबासिन्दा भने त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?