Comments Add Comment

इन्स्टाग्राममा नम्रताका ६ लाख फलोअर्स

कलाकारको लोकप्रियताको मापन सामाजिक सञ्जालमा उनीहरूलाई पछ्याउनेको संख्या र हलमा उनीहरूको चलचित्रलाई पछ्याउने दर्शकको भिडको आधारमा गर्न सकिन्छ ।

हुन त सामाजिक सञ्जालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा पानी माग्न पाएका छैनन् । तर, सामाजिक सञ्जाल कलाकारको फ्यानसँग जोडिने दरिलो माध्यम भने बनेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा नेपाली कलाकारहरू निकै सक्रिय छन् । इन्स्टाग्राममा दैनिक अभ्यस्त रहने कलाकारहरू फ्यानसँग आफ्ना कुराहरू सेयर गरिरहेका हुन्छन् ।

नायिका नम्रता श्रेष्ठको इन्स्टाग्राममा फलोअर्स ६ लाख पुगेका छन् । नम्रताले सबैको मायाको लागि धन्यवाद दिएकी छिन् । सामाजिक सञ्जालमा नम्रता आफ्नो दैनिक क्रियाकलाप, चलचित्रको प्रचार र आफूलाई मन परेका कुरा सेयर गर्छिन् ।

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाएका थोरै नायिकाहरूको सूचीमा नम्रता अंग्रपङ्क्तिमा छिन् । नायिका प्रियंका कार्कीको इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment