+
+
Shares

सर्वोच्चको आदेश : तरकारी र फलफूल आयात गर्दा कोरोना परीक्षण गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते २१:२८

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश दिएको हो ।

कोरोना भाइरसको महामारीको समयमा पनि भारतबाट निर्वाध रुपमा तरकारी र फलफूल आयात भएको र त्यसमा विषादी र कोभिड-१९ परीक्षण नहुँदा उपभोक्ता अधिकार हनन भएको भन्दै अधिवक्ता मणिराम उपाध्यायसहितले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्चले आन्त्रिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरण गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?