+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गण्डकी अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते २०:१७

४ जेठ, वीरगञ्ज । गण्डक हस्पिटललाई अस्थायी कोभिड-१९ अस्पताल बनाउने निर्णय भएसँगै वीरगञ्जस्थित नारायणी अस्पतालले सञ्चालनको तयारी थालेको छ ।

उक्त अस्पताललाई अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने जिम्मेवारी डा.उदयनारायण सिंहलाई तोक्दै आन्तरिक तयारी थालेको हो ।

अस्पतालमा खटिने जनशक्ति, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीलगायत अन्य व्यवस्थापनको विषयमा तयारी भइरहेको डा. सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

डा. सिंहले भने, ‘कोभिड अस्पताल सञ्चालनका लागि वीरगञ्ज महानगरपालिकाका मेयर वीजयकुमार सरावगीले अस्पतालको साँचो हस्तान्तरण त गरेका छन् । तर कसरी सञ्चालन गर्ने ? जनशक्ति कसरी व्यवस्थापन गर्ने ? औषधिलगायत अन्य थुप्रै व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अन्यौल्यता छ । त्यसैको तयारीमा अस्पताल जुटेको छ । भोलि या पर्सिसम्ममा कोभिड अस्पताल सञ्चालनमा आउँछ ।’

कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गर्न वीरगञ्ज महानगरपालिका मेयर सरावगीले शनिबार नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई अस्पतालको साँचो हस्तान्तरण गरेका थिए ।

‘भौतिक संरचनाले मात्र अस्पताल सञ्चालन हुन सक्दैन,’ डा. सिँहले भने, ‘अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, सञ्चालनको स्रोत तथा साधनको पनि आवश्यक हुन्छ । त्यही कुरामा अन्यौल्यता भएका कारण अस्पताल सञ्चालनमा केही ढिलाइ हुन गएको हो ।’

७० बेडको आइसोलेसन वार्ड भएको कोभिड अस्पताल सञ्चालनमा लाग्ने सम्पूर्ण खर्च महानगरपालीकाले व्यहोर्ने गरी सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?