Comments Add Comment

औषधि व्यवसायी दुलालको हत्यामा श्रीमतीको संलग्नता !

५ जेठ, विराटनगर । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।

शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । यद्यपि यो विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै अर्का युवक ब्रम्हदेव साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देव पाथीभरा फर्माका पूर्वकर्मचारी हुन् ।

विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका खनारका ३३ वर्षीय दुलाल अचेत भएको भन्दै शनिबार राति करिब ३ बजे श्रीमतीले गोल्डेन अस्पताल ल्याएकी थिइन् । अस्पतालले राति नै मृत्यु भएको बताएको थियो ।

प्रहरी स्रोतका अनुसार साह र आफ्नी श्रीमतीको अबैध सम्बन्धका बारेमा दुलालले केही दिनअघि थाहा पाएका थिए । त्यसपछि उनीहरुबीच विवाद बढेको थियो । श्रीमानसँग विवाद बढेपछि महिलाकै योजनामा घटना भएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले श्रीमतीसहित अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे । पक्राउ परेका व्यक्ति लहान घर भई हाल विराटनगर बस्दै आएका छन् ।

डोरीले घाँटी बाधेर हत्या

शनिबार राति दुलालको घरमा औषधि ववसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुई जना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए । साथीहरु निस्किएपछि दुलाल छुट्टै ओछ्यानमा सुतेका थिए । श्रीमती मीना र ८ वर्षका छोरा अर्को ओछ्यानमा सुतेका थिए ।

सुतेको बेला दुलालको हत्या भएको प्रहरीको निश्कर्ष छ । प्रहरीले हत्यामा प्रयोग भएको डोरी दुलालको घरनजिकै झाडीमा भेटेको थियो ।

उनको घाँटीमा डोरीले बेरेको निलडाम र निधारमा ठूलो चोट छ । निधारको चोट भने प्रतिकार गर्न खोज्दा खाटमा ठोक्किएर लागेको प्रहरीको भनाइ छ ।

मीनाले बताएअनुसार राति २ः४१ बजे उठेर हेर्दा दुलाल अचेत अवस्थामा थिए । श्रीमान अचेत भेटिएपछि मीनाले छिमेकी र दुलालका साथीलाई खबर गरेपछि राति करिब ३ बजे एम्बुलेन्समा राखेर गोल्डेन अस्पताल पुर्‍याएका थिए ।

दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए । उनले मीना श्रेष्ठसँग प्रेम विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment