+
+

कोरोनाका १७ लाखभन्दा धेरै संक्रमित निको भए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते ९:५८

५ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) का १७ लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १७ लाख ३३ हजार नौ सय ६३ संक्रमित निको भएर घर फर्किएका हुन् ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ४७ लाख १३ हजार ७६९ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा १४ लाख ८६ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यस्तै रुसमा दुई लाख ८१ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन लाख १५ हजार नाघेको छ । अहिलेसम्म कोरोना भाइरसको कारण विश्वभर तीन लाख १५ हजार एक सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

सबैभन्दा बढी अमेरिकामा ८९ हजार ५६२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ । इटालीमा पनि ३१ हजारभन्दा धेरैको यो भाइरसको कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?