Comments Add Comment

बुण्डेशलिगा राम्रो उदाहरण हो : ला लिगा अध्यक्ष तेबास

५ जेठ, काठमाडौं । ला लिगा अध्यक्ष ज्याभिएर तेबासले यसै साता मैदान फर्किएको बुण्डेसलिगाको व्यवस्थापनको प्रशंसा गरेका छन् ।

तेबासले जर्मनीको शीर्ष लिगले सुरु गरेको उदाहरण अन्य लिगले समेत फलो गर्नुपर्ने बताए । ‘उनीहरुको लागि म धेरै खुशी छ ।’ तेबासले एल पार्तिदाजोलाई भनेका छन् । ‘मैले बुण्डेसलिगा अध्यक्षलाई बधाई दिइसकेँ ।’

‘उनीहरूले धेरै राम्रो काम गरेका छन् र म उनीहरूमा गर्व गर्दछु । उनीहरु अनुसरण गर्नको लागि उदाहरण हो ।’

स्पेनको आफ्नै अवस्थाबारे बोल्दै तेबासले सबै विष आफ्नो हातबाट बाहिर रहेको स्वीकारेका छन् । ‘यो निर्णय हेल्थ अथुरिटीले लिनेछ,’ उनले भने,  ‘हामीसँग उपयुक्त मिति छैन । म चाँडोभन्दा चाँडो हझस् भन्ने चाहन्छु र हामी १२ जुन देखि फेर सुरु गर्नका लागि काम गरिरहेका छौँ ।’

स्पेनमा अहिले सामूहिक प्रशिक्षण सुरु भएको छ र तेबासले खेलाडीहरुलाई जिम्मेवार बनेर अघि बढन आह्वान गरेका छन् । ‘उनीहरूले ध्यान केन्द्रित गर्नुपर्नेछ,’ उनले थपे, ‘प्रत्येक नयाँ चरणले तपाईंलाई धेरै व्यक्तिहरूसँग रहन अनुमति दिन्छ, त्यसैले सावधान रहनु पर्छ ।’ उनले सुरक्षाको उपाय अपनाए तालिममा कुनै खतरा नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment