Comments Add Comment

स्कटिस सिजन अन्त्य, सेल्टिक च्याम्पियन

५ जेठ काठमाडौं । सेल्टिकले लगातार नवौँ पटक स्कटिस प्रिमियर लिग च्याम्पियनसिपको उपाधि जितेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण स्थगित स्कटिस लिगको सिजन अन्त्यको घोषणापछि शीर्ष स्थानको सेल्टिकलाई २०१९-२० को च्याम्पियन घोषणा गरिएको हो ।

लिगमा सहभागी १२ क्लबको सहमतिपछि एसपीएफएलको सोमबार बसेको बोर्ड बैठकले सिजन अन्त्यको घोषणा गरेको हो ।

अहिलेसम्म भएको खेलको औसत अंकको आधारमा अन्तिम अंकतालिका तयार पारिएको छ ।

सिजन अन्त्य भएपछि शीर्ष स्थानमा रहेको सेल्टिक नै च्याम्पियन बनेको हो । लिडर सेल्टिकले दोस्रो स्थानको रेन्जर्सभन्दा १३ अंक बढी जोडेको थियो । यसैगरी अन्तिम स्थानमा रहेको हर्ट्स रेलिगेसनमा परेको छ ।

कोरोनाभाइरसको कारण १३ मार्चदेखि स्कटिस लिग स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment