Comments Add Comment

माइकल जोर्डनको जुत्ता ५ लाख ६० हजार अमेरिकी डलरमा बिक्री

५ जेठ, काठमाडौं । बास्केटबल लेजेण्ड माइकल जोर्डनले लगाएको जुत्ता मूल्यमा बिक्री भएको छ ।

जोर्डनले सन् १९८५ को रुकी सिजनमा सिकागो बुलसका लागि खेल्दा लगाएको नाइकी जुत्ता ५ लाख ६० हजार अमेरिकी डलरमा लिलामी भएको हो ।

दी नाइकी एअर जोर्डन १ एस नामक उक्त जुत्तामा जोर्डनको हस्ताक्षरसमेत छ ।

सोतेबिज अनलाइन अक्सनमा उक्त जुत्ता १ लाखदेखि १ लाख ५० हजार डलरमा बिक्री हुने अनुमान गरिएको थियो ।

तर अनुमान गरिएभन्दा तेब्बर बढी मूल्यमा जुत्ता लिलामी भएको हो ।

यसअघि सन् १९९२ मा नाइकले नै बनाएको दौडँदा लगाउने जुत्ता ‘मुन सुज’ ४ लाख ३७ हजार ५ सयमा बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment