Comments Add Comment

दर्शक नहुँदा घरेलु टोलीको जित प्रतिशत घट्ने

५ जेठ काठमाडौं । विश्वभर महामारीको रुपमा लिएको कोरोनाभाइरस कोभिड-१९ कै बीच जर्मनीमा शनिबारदेखि बुण्डेशलिगा सुरु भएको छ ।

कोरोनाभाइरस पूर्ण रुपमा नियन्त्रणमा नआइसकेकोले अहिले फुटबल खेल क्लोज डोर अर्था दर्शकविना नै खेलाउन थालिएको छ । घरेलु समर्थक हुँदा पक्कै पनि खेलाडी र टिमलाई फाइदा हुन्थ्यो नै ।

झन् अहिले त कोरोनाले गर्दा दर्शकविना मात्र होइन फुटबल केही नियमसमेत कम्तीमा यो अवधिका लागि परिवर्तन भएको छ ।

यसै सन्दर्भमा एक अध्ययनले क्लोज डोरमा फुटबल खेल्दा घरेलु मैदानको प्रभाव घट्ने जनाएको छ ।

दर्शकविना खेल्नुपर्दा घरेलु टिमको जित प्रतिशत घट्नेछ भने अवे टिमको जित प्रतिशत बढ्नेछ । डेलीमेले उल्लेख गरेको छ ।

दर्शक हुँदा घरेलु टोलीको जित्ने सम्भावता ४६ प्रतिशत हुन्थ्यो । अहिते त्यो घटेर २६ प्रतिशतमा आएको अध्ययनले देखाएको छ ।

यस्तै अवे टिमको जित प्रतिशत २६ बाट बढेर ३४ पुगेको छ ।

यसैगरी घरेलु समर्थकविना घरेलु क्लबले गोल पनि कम गर्नेछ अवे टिमले पनि थोरे पहेँलो कार्ड पाउनेछ । इन्जुरी टाइम पनि थोरै हुने उक्त अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment