Comments Add Comment

वायर लेभरकुजनको सहज जित

६ जेठ काठमाडौं । जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको एक मात्र खेलमा बाभर लेभरकुजनले सहज जित हात पारेको छ । काभ हाभार्टको दुई गोल मद्दतमा उक्त चरणको अन्तिम खेलमा लेभरकुजनले वेडर ब्रेमनलाई ४-१ ले पराजित गरेको हो ।

ब्रेमनको घरेलु मैदानमा हाभार्टले २८औं मिनेटमा गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाए । दुई मिनेटपछि नै घरेलु टोली ब्रेमेनका लागि थियोडोर सेलासीले बराबरी गोल फर्काए । तर त्यसको तीन मिनेटपछि नै हाभार्डले व्यक्तिगत दोस्रो गोल गर्दै लेभरकुजनलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा लेभरकुजनले दुई गोल थप्यो । मिचेल वाइजरले ६१औं र केरेम डेमेर्बीले ७८औं मिनेटमा गोल गरेपछि लेभरकुजनले ४-१ को सहज जित हात पारेको हो ।

जितपछि २६ खेलबाट ५० अंक जोडेको लेभरकुजन पाँचौ स्थानमा यथावत छ । तर लेभरकुजनले तेस्रो स्थानको मोन्चेन्गल्डबाकसंग अक दूरी २ मा झारेको छ र चौथो स्थानको  आरबी लेइपजिगसंग अंकदूरी १ मा झारेको छ ।

समान खेलबाट ५८ अंकसहित वायर्न म्युनिख पहिलो र ५४ अंक जोडेको बोरुसिया डर्टमण्ड दोस्रो स्थानमा छ ।

कोरोनाभाइरस महामारीले गत मार्चमा स्थगित भएको जर्मन शीर्ष डिभिजनको फुटबल शनिवारदेखि शुरु भएको लिगमा २६औं चरणका खेलहरु भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment