+
+
Shares

गाडीको ठक्करबाट झापामा बालकको मृत्यु

रासस रासस
२०७७ जेठ ६ गते १५:०७

६ जेठ, बनियानी (झापा) । झापाको विर्तामोड नगरपालिकामा मंगलबार पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

बिहान ८ बजे बिर्तामोड नगरपालिका-१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे१च ५६०२ नंको पिकअप भ्यानले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

उनका अनुसार घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?