Comments Add Comment

आइफोन १२ का महत्त्वपूर्ण हिस्सा बन्दैछ सामसुङ

एप्पलको बहुप्रतिक्षित आइफोन १२ का विषयमा विगत केही हप्तादेखि विभिन्न खाले समाचारहरु सार्वजनिक भइरहेका छन् ।

यसैबीच, आगामी नयाँ आइफोनको डिस्प्लेका विषयमा नयाँ सूचना सार्वजनिक भएको छ । जसअनुसार, आइफोन १२ मा पनि एप्पलले सामसुङ कम्पनीले तयार गरेको डिस्प्ले प्रयोग गर्नेछ ।

डिस्प्ले सप्लाई चेन कन्सल्ट्यान्ट्स (डिएससीसी) ले प्रकाशित गरेको रिपोर्टअनुसार, यो वर्षको उत्तराद्र्धमा एप्पलले सार्वजनिक गर्ने नयाँ सिरिजका चार आइफोनमध्ये कम्तीमा ३ वटा आइफोनमा सामसुङको डिस्प्ले प्रयोग हुनेछ । यो वर्ष एप्पलले आइफोन १२, आइफोन १२ म्याक्स, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स बजारमा ल्याउने बताइएको छ ।

तीमध्ये आइफोन १२ मा ५.४ इन्चको फ्लेक्सिबल ओएलइडी डिस्प्ले हुनेछ । उक्त डिस्प्ले सामसुङको उत्पादन हो जसको रिजोलुसन २३४० गुणा १०८० पिक्सेल हुनेछ ।

त्यस्तै आइफोन १२ प्रो को स्क्रिन ६.१ इन्च रहनेछ । उक्त फ्लेक्सिबल ओएलईडी डिस्प्ले पनि सामसुङकै हुनेछ जुन १० बिट कलर क्षमताको हुनेछ । डिस्प्लेको यो क्षमता स्मार्टफोनमा अहिलेसम्मकै उच्च हुनेछ । यस डिस्प्लेको पिक्सेल क्षमता २५३२ गुणा ११७० पिक्सेल रहनेछ ।

नयाँ आइफोनमध्ये सबैभन्दा महँगो आइफोन हुनेछ आइफोन १२ प्रो म्याक्स । यो आइफोनमा पनि सामसुङकै डिस्प्ले प्रयोग हुनेछ । ६.६८ इन्चको सो स्क्रिनको रिजोलुसनचाहिँ २७७८ गुणा १२८४ पिक्सेल हुनेछ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment