
७ जेठ, काठमाडौं । कोरोना संक्रमित भेटिएपछि भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ । आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ ।
सो क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ । मानिसहरु आ-आफ्नो घरभित्रै छन् । बाहिरका मानिसहरुलाई पनि सो क्षेत्रमा आउन रोक लगाइएको छ ।
मंगलबार भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी काठमाडौं महानगरपालिकाका गाडी चालक रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए । उनलाई राति नै अस्पताल लगिएको र परिवारका सदस्य तथा उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको तयारी भइरहेको मेयर प्रजापतिले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4