Comments Add Comment

वस्तीभित्र आइसोलेसन वार्ड बनाउन लागेकाे भन्दै वीरगञ्जमा प्रदर्शन

फाइल तस्वीर

७ जेठ, वीरगञ्ज । घनावस्तीबीचको होटललाई कोरोना संक्रमित राख्ने आइसोलेसन वार्ड बनाउन लागेको भन्दै वीरगञ्जस्थित नगवाका स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

लकडाउनको उल्लंघन गर्दै वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवाका स्थानीयले बुधबार विरोध प्रदर्शन गरेका हुन् ।

पर्सामा कोरोना संक्रमितको चाप बढ्दै गएपछि क्राइसिस म्यानेजमेन्ट कमिटीको टोलीले आइसोलेसन र क्वारेन्टाइन बनाउन सकिने सम्भावित ठाउँहरूको अनुगमन गरेको थियो । त्यस क्रममा नगवास्थित बाबा होटलको समेत अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

प्रजिअ नेतृत्वको टिमले अनुगमन गरेर फर्किएलगत्तै स्थानीयहरूले विरोधमा प्रदर्शन गरेका हुन् । आइसोलेसन बनाउँदा संक्रमण फैलन जोखिम रहने भएकाले प्रदर्शन गरिएको वडाध्यक्ष श्यामबाबु चौरसियाले अनलाइनखबरलाई जानकारी दिए ।

वडाध्यक्ष चौरसियाले भने, ‘वडासँग कुनै समन्वय भएकै छैन । होटललाई आइसोलेसन वा क्वारेन्टाइन बनाउने विषयमा समन्वय त हुनुपर्छ नि ।’

वडासँग समन्वय गर्ने हो भने आइसोलसन वा क्वारेन्टाइन बनाउने थुप्रै विकल्प दिन सकिने उनले बताए । उनले वीरगञ्ज नेसनल मेडिकल कलेजजस्ता थुप्रै निजी अस्पतालहरू आइसोलेसनका रूपमा प्रयोग गर्न सकिने बताए ।

लकडाउन उल्लंघन गर्दै स्थानीय विरोधमा उत्रिएपछि प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment