+
+
Shares

ओपीडी बन्द गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय २४ घण्टा पनि टिकेन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते २१:३७

७ जेठ, घोराही । ओपीडी सेवा बन्द गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय २४ घण्टा नबित्दै फेरिएको छ ।

कोरोना संक्रमित व्यक्तिको उपचार गर्नुपर्ने भन्दै प्रतिष्ठानले मंगलबार सूचना निकालेर ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको थियो । सो निर्णयको दाङबासीले विरोध गरेपछि बुधबार फेरि अर्को सूचना निकालेर बिहीबारदेखि ओपीडी सेवा सुरु गर्ने जानकारी दिएको छ ।

प्रतिष्ठानका का.मु. रजिष्ट्रार कैलाश देवका अनुसार ‘बिरामीको हित’लाई ध्यानमा राखी प्रतिष्ठानले नयाँ निर्णय गरेको हो ।

तर कोरोना संक्रमित व्यक्तिको उपचार सुरु भएपछि भने ओपीडी तथा आकस्मिक सेवा बन्द गर्ने अडानमा प्रतिष्ठान छ । का.मु. रजिष्ट्रार कैलाश देवले जारी गरेको सूचनामा लेखिएको छ, ‘कोरोना संक्रमणको बिरामी प्रतिष्ठानमा भर्ना गर्नुपर्ने अवस्थामा प्रतिष्ठान सम्पूर्ण बहिरंग तथा अन्तरंग सेवा बन्द गर्न बाध्य हुने व्यहोरा जानकारी गराउन चाहान्छौं ।’ यसो गर्दा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति प्रतिष्ठानले क्षमासमेत मागेको छ ।

यसअघि प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयका एक जना सहसचिवले कम्तिमा एक सय जना कोरोना संक्रमित विरामीको उपचार गर्न भनेको भन्दै प्रतिष्ठानले एकाएक बहिरंग सेवा बन्द गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले बिरामीहरुलाई तुलसीपुर प्रादेशिक अस्पताल वा अरु कुनै स्वास्थ्य संस्थामा जानसमेत भनेको थियो ।

तर, अपरिपक्क निर्णय गरेको भन्दै प्रतिष्ठानको विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?