Comments Add Comment

धनकुटाका संक्रमित प्रहरी जवान

८ जेठ, धनकुटा । धनुकटाका ३४ वर्षीय कोरोना संक्रमित नेपाल प्रहरीका जवान भएको खुलेको छ । जिल्ला अस्पताल, धनकुटामा कार्यरत रहेका बेला उनलाई संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बिहीबार बिहान ६ः५० बजे धनुकटाका एक जना व्यक्तिमा संक्रमण पाइएको पुष्टि गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, धनकुटाका अधिकृत जयराम श्रेष्ठले संक्रमित प्रहरीलाई कोभिड अस्पताल विराटनगर पठाइसकिएको अनलाइनखबरलाई बताए । उनका अनुसार, संक्रमित प्रहरी अस्पतालमा उपचाररत एक जना बलात्कृत बालिकाको सुरक्षामा खटिएका थिए ।

पीडितको पनि कोरोना भाइरस जाँच्न पीसीआर परीक्षण गरिसकिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन ।

उनीसँगै खटिएका अर्का एक जना प्रहरीलाई पनि संक्रमण पुष्टि भइसकेको छ । हालसम्म धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका परिवार र दुई जना प्रहरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment