Comments Add Comment

सेक्स डल राख्ने कोरियन क्लबलाई जरिवाना

८ जेठ, काठमाडौं । दक्षिण कोरियाको फुटबल लिग लिग के लिगअन्तर्गत एक खेलमा दर्शक बस्ने सिटमा सेक्स डल राख्ने क्लब एफसी सोललाई जरिवाना गरिएको छ ।

के लिगले सोललाई १ सय मिलियन कोरिवन वन अर्थात् ६६ हजार ५ सय पाउण्ड जरिवाना गरेको हो ।

के लिगअन्तर्गत आइतबार ग्वान्जुविरुद्धको होम म्याच सोलले दर्शक बस्ने सिटमा सेक्स डल राखेको थियो ।

कोभिड१९ पछि अहिले क्लोज डोरमा के लिग भइरहेको छ । दर्शक नभएपछि सोलले दर्शकको अभाव पूरा गर्न सेक्स डल राखेको थियो ।

यसको आलोचना भएपछि क्लबले सोमबारै माफीसमेत मागेको थियो ।

सोलले उक्त खेल १-० ले जितेको थियो । तर सेक्स डल राखेकै कारण क्लबले जरिवाना तिर्नुपर्ने भएको हो ।

खेलअघि क्लबले सेक्स डल नहटाएर ठूलो गल्ती गरेको के लिगले जनाएको थियो ।

यस्तै के लिगले उक्त घटनाले गर्दा महिला र पारिवारिक सदस्यहरुलाई चोट पुगेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment