Comments Add Comment

माछामासु चट्टै छाड्दा के हुन्छ ?

अहिले लकडाउनका कारण धेरैको भोजनमा पनि परिवर्तन भएको छ । खासगरी बजारका खानेकुराहरू यतिबेला सहजै उपलब्ध छैन । खासगरी नियमित माछामासु खानेहरूले जिब्रोको स्वाद फेर्न पाइरहेका छैनन्। त्यसो त कोरोनाको सम्भावित संक्रमणबाट बच्नका लागि माछामासु नखाएकै उचित भन्ने तर्कपनि गरिँदैछ।

एकथरीले भन्ने गरेका छन्, ‘कोरोनाको संक्रमणबाट बच्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । यसका लागि शाकाहारी खानपान उचित हुन्छ।’ माछामासु अनेक रोगको कारण बन्ने गरेको छ। गर्मी र वर्षायाममा त माछामासु संक्रमण फैलाउने कारण समेत बन्ने गर्छ ।

त्यसो भए के माछामासु चट्टै छाड्ने ? माछामासु खाइरहेकाहरूले चट्टै छाड्दा के हुन्छ ? वा शाकाहारी बन्दा के फरक पर्छ ?हामीलाई हाम्रो खानामा धेरै प्रोटिन आवश्यक हुन्छ । प्रोटिनले हाम्रो शरीरको ब्लकहरू एवं मांसपेशीको विकासमा मद्दत गर्छ । प्रोटिनको राम्रो स्रोत हो, माछामासु ।

त्यसो त अण्डा, दूध र सागसब्जीबाट पनि प्रोटिन पाउन सकिन्छ । गेडागुडी, ब्रोकाउली र सोयाबिनमा पनि प्रोटिन पाइन्छ । तर, त्यसमा पाइने प्रोटिन मासुमा पाइनेभन्दा धेरै पातलो हुन्छ ।

त्यस्तै, सागसब्जी र अरू खानेकुरामा पाइने प्रोटिनमा माछामासुमा पाइने जति एमिनो एसिड हुँदैन । हाम्रो शरीरले अन्य खानेकुरामा पाइने प्रोटिनलाई मासुमा पाइने प्रोटिन जस्तो राम्रोसँग प्रयोग गर्न सक्दैन।

हामीले माछामासुबाट प्रोटिनमात्रै पाउँदैनौं । माछामासु तेल र फ्याटहरूको पनि धेरै ठूलो स्रोत हो । हामीलाई खानामा फ्याट घटाउनको लागि सधैं‌‌ भन्ने गरिन्छ तर हामीलाई खानामा केही मात्रामा फ्याटको आवश्यकता हुन्छ ।

फ्याट हाम्रो छाला, कपाल र हड्डीको लागि मात्रै आवश्यक नभइ यसले बिरामीबाट बचाउन र प्रोटिन उपयोग गर्न सक्छ । आवश्यक फ्याटी एसिड जस्तै, ओमेगा ३ ले फ्याटी एसिड हाम्रो मस्तिस्कको कार्यसम्पादनको लागि पनि आवश्यक छ र क्यान्सर हुने सम्भावना कम छ । हामीले फ्याटी एसिड मुख्यगरी माछाबाट पाउन सक्छौं ।

हामीले माछामासुबाट भिटामिन बी १२ पनि पाउँछौं । यो नै भिटामिन बि १२ को राम्रो स्रोत हो ।

स्वास्थ र ताजा माछामासुबाट हामीले शरीरका लागि आवश्यक पोषक तत्व प्राप्त गर्छौं । त्यसैले चट्टै माछामासु छाड्दा यी पोषक तत्वको अभाव हुने भय हुन्छ । त्यसो त सागसब्जी, फलफूललगायतबाट आवश्यक पोषक तत्व आपूर्ति गर्न सकिन्छ । त्यसैले माछामासु छाडेपछि खानपानको सन्तुलनमा अरू ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment