+
+
Shares

गोरखाको बोर्लाङमा पाहुना लाग्न र तास खेल्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १७:५४
बोर्लाङमा कोरोना महामारी रोकथामका लागि भएको एक छलफल ।

८ जेठ, काठमाडौं । गोरखाको भीमसेनथापा गाउँपालिका–७ ले वडाभित्र पाहुना लाग्ने, तास खेल्नेलगायतका गतिविधिमा रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिन गाउँपालिकाको वडा नं. ७ बोर्लाङमा जेठ ८ गतेदेखि लागू हुनेगरी पाहुना लाग्न नपाइने नियम बनाइएको हो ।

वडा कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आफन्तलाई नबोलाउन र आफू पनि कतै नजान वडाबासीलाई अनुरोध गरेको छ । वडाको अनुरोधलाई उल्लंघन गरी पाहुना लाग्न आएमा त्यस्ता व्यक्तिलाई वडामा अवस्थित क्वारेन्टाइनमा राखिने वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, वडाभित्र जमघट गर्न, भोजभतेर गर्न, जुवातास खेल्नेलगायतका गतिविधि नगर्न पनि वडाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?