Comments Add Comment

गौरीफन्टा नाकाबाट १४ सय नेपाली स्वदेश फर्किँदै

८ जेठ, कैलाली । स्वदेश फर्किन कैलालीको गौरिफन्टा नाकामा १४ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । उनीहरुमध्ये कैलाली र कञ्चनपुरका नागरिकको नाकामै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरेर प्रवेश गराइने सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

आरडीटी किट अभावका कारण अरु जिल्लाका नागरिकलाई सम्बन्धित स्थानीय तहले परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी स्वदेश फर्किन दिइने उनले जानकारी दिए ।

‘कैलाली र कञ्चनपुरका नागरिकहरुको यहाँ परीक्षण हुन्छ’ जोशीले भने, ‘त्यसपछि किट पुगेन भने स्थानीय तहले नै परीक्षण गर्ने छ ।’

सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले कैलाली र कञ्चनपुरका नागरिकको आरडीटी परीक्षण गरिरहेका छन् । कैलालीमा ८ सय मात्र आरडीटी किट रहेकाले सबैको परीक्षण गराउन नसकिने उनको भनाइ छ ।

‘अहिले परीक्षण भएकाहरु पनि उद्धारको पर्खाइमा हुनुहुन्छ’ उनले भने, ‘स्थानीय तहले सवारी पठाएपछि उनीहरुलाई गन्तव्यमा पठाउँछौँ ।’

बिहीबार पनि कैलालीको गौरिफन्टा नाकाबाट ८५८ जना नेपालीलाई स्वदेश फर्काइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment