+
+
Shares

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

रासस रासस
२०७७ जेठ ९ गते ११:२८

९ जेठ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो ।

अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । अस्पतालमा आकस्मिक, बहिरङ्ग र शल्यक्रिया सेवा उपलब्ध छ । प्रतिष्ठानका कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागिसमेत सो सेवा प्रभावकारी हुने उनको भनाइ छ ।

हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पूजनकुमार रोकायाले बिहान ८ देखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिइने जानकारी दिए ।

प्रतिष्ठानका अनुसार, मेडिसन विशेषज्ञ डा धीरज गुरुङ बिहान ११ देखि ४ बजेसम्म, बालरोग विशेषज्ञ डा निराजना बिहान १० देखि १२ बजेसम्म र स्त्री तथा प्रसूति रोगविशेषज्ञ डा राजीव साहले बिहान १० देखि १२ बजेसम्म सेवा दिइरहेका छन् ।

शल्यक्रिया विशेषज्ञ डा सूर्यमान लिम्बू र इमेरजेन्सी हटलाइनका लागि डा सिद्धार्थध्वज खातीले भने २४ सै घण्टा सेवा दिने अस्पतालले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?