Comments Add Comment

बारा र पर्साका उद्योगीले मागे राहत प्याकेज

९ जेठ, वीरगञ्ज । बारा र पर्साका उद्योगीले उद्योग, व्यापार क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन माग गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण उद्योग, व्यापार र पर्यटन क्षेत्र संकटमा परेको भन्दै उनीहरुले बजेटमा राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ र जितपुर सिमरा उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेको सुझाव अनुसार बजेटको कार्यक्रम ल्याउन आग्रह गरेको हो ।

आगामी वर्षका बजेटमा महासंघले प्रस्तुत गरेको सुझाव अनुसार कार्यक्रम नआए सम्पूर्ण निजी क्षेत्रले आआफ्नो उद्योग, व्यवसया बन्द गरी सडकमा निस्कने चेतावनी समेत उनीहरुले विज्ञप्ति मार्फत दिएका छन् ।

कोरोनाले राष्ट्रिय अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबाट सुरक्षित अवतरण गराउन महासङ्घले सरकारलाई सुझाव दिएको भन्दै उनीहरुले आगामी बजेटमा निजी क्षेत्रको मागलाई प्राथमिकताका साथ समावेश गर्न उनीहरुले माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment